Monday 13 July 2026 / मंगलवार, ३० असार २०८३

ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा संचालन भएको मिसेस् डिभा नेपाल २०२३ को ग्राण्ड फिनालेमा सोनिका राई विजेता छनोट भएकी छिन् । प्रतियोगितामा उनी मिसेस् इन्टेलिजेन्ट पनि बन्न सफल भइन् । प्रतियोगितामा प्रमिला माझी मिसेस् पर्सनालिटी अवार्ड सहित फस्ट रनर अप तथा मिसेस् एक्टिभ र पब्लिक च्वाइस भिडियो अवार्ड सहित मिना राई सेकेन्ड रनर अप चयन भइन् । फ्रिडा जोशीले मिसेस् पपुलरको ताज सहित मिसेस् प्लिजेन्टको अवार्ड पनि जित्न सफल भइन् । हिमालयन मुभी प्रोडक्सन हाउसको आयोजनामा संचालन भएको विवाहित महिलाहरुमा केन्दि«त सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय