Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

आउँदो असार ५ गते दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम ईन्डो इन्टरनेसनल फेसन कार्निभल एण्ड अवार्ड २०२३ मा नेपालका तर्फ पाँच जनाको सहभागिता हुने भएको छ । सो कार्यक्रममा निर्णायक, प्रतियोगिता तथा नोमिनिज गरी तीन विधाका लागि पाँच जनाको सहभागिता हुने लागेको हो । प्रतियोगिता अन्तर्गत मिस स्टार युनिभर्स नेपाल २०२३ का रुपमा सृष्टि महर्जन तथा मिसेस् स्टार युनिभर्स नेपाल २०२३ का रुपमा जोया बुढाथोकी सहभागि हुँदैछन् । फेसन मेकअप आर्टिष्ट रश्मी श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ परी नोमिनिजका रुपमा सहभागि हुनेछन् ।
ग्रीन आर्टस् मिडियाका प्रबन्ध निर्देशक एवं फेसन कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकका रुपमा सहभागि हुने भएकी छिन् । उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी राष्ट्रका प्रतिनिधिहरुको सहभागिता हुने जनाइएको छ । ईन्डो इन्टरनेसनल फेसन कार्निभल एण्ड अवार्ड २०२३ अन्तर्गत मिष्टर मिस तथा मिसेसे स्टार युनिभर्स २०२३ को प्रतियोगिता तथा इन्टरनेसनल प्राइड अवार्डस् २०२३ संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय