Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

नेपाल प्रहरीले आज काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरिएको बताउनुभयो ।

नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उहाँले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय