थाईल्याण्डमा सम्पन्न हुने विभिन्न उमेर समूहका बालबालिका एवं किशोर किशोरीहरुमा केन्दि«त अन्तर्राष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेसनल २०२३ मा नेपालको तर्फ सहभागिता हुँदैछ । सो प्रतियोगिताका लागि टिम नेपालमा तीन जना प्रतिभाशाली बालबालिकाको उपस्थिति रहेको छ । जसमा आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवाल रहेका छन् । 
टिन स्टार इन्टरनेसनल २०२३मा नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षिय आर्नभ श्रेष्ठ काठमाडौं प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । आर्नभ भविष्यमा व्यवसायी बन्ने लक्ष राख्दछन् । आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको नेसकल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

सोही प्रतियोगिताकी सहभागि ११ वर्षिय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत छन् । उनी भविष्यमा न्युरो सर्जन बन्ने लक्ष राख्छिन् । सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

अर्का सहभागि १३ वर्षिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी हुन् । उनी भविष्यमा एनिमेटर बन्न चाहन्छिन् । निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।
आर्नभ, सायरा र निभिका तीन जनाको टिन स्टार इन्टरनेसनल २०२३ का लागि नेपालका लागि सो प्रतियोगिताका लागि नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्टले संयोजन र तयारी गरेको हो । सोमबार थाईल्याण्ड तर्फ प्रस्थान गर्ने टिम नेपालको लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकिरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो, मेकअपमा ग्लसी गल्र्सले साथ दिएको छ भने फोटोशुट नविन श्रेष्ठले गरेका हुन् । थाईल्याण्डको बैंकक र पटाया शहरमा संचालन हुने टिन स्टार इन्टरनेसनल २०२३ मा नेपाल लगायत विश्वका विभिन्न मुलुकका बालबालिका तथा टिनएजरहरुको सहभागिता रहेको छ । प्रतियोगिता जुलाई ३ तारिख देखि ११ तारिख सम्मको समय तालिकाभित्र तय गरिएको छ भने फाइनल प्रतिस्पर्धा जुलाइ ९ तारिखमा सम्पन्न हुँदैछ ।


