Monday 13 July 2026 / मंगलवार, ३० असार २०८३

गएको शनिबार लैनचौर स्थित द मल्ल होटलमा विभिन्न क्षेत्रका चिरपरिचित व्यक्तिहरुको राम्रै चहलपहल देख्न पाइएको थियो । फेसन, मोडलिङ, सौन्दर्य प्रतियोगिता, गीत संगीत, श्रृङ्गार, फोटोग्राफी लगायतका क्षेत्रका चर्चित व्यक्तिहरुको सम्मानमा आयोजना भएको फेसन फेयर अवार्ड २०२२ नामक अवार्ड कार्यक्रममा करिब दुई दर्जन व्यक्तित्वहरु सम्मानीत भए । सेतो एजुकेशन सर्भिसेस्को प्रस्तुतिमा ड्रिम सर्च एजेन्सीको आयोजन र ईपिसेन्टर एजुकेसन कन्सल्टेन्ट्सको प्रायोजन रहेको सो अनररी अवार्ड कार्यक्रममा आ आफ्नो क्षेत्रमा लामो समय देखिको उपस्थिति, योगदान र उपलब्धीको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सो सम्मान कार्यक्रममा अभिनाश श्रेष्ठलाई फेसन स्टाइलिष्ट अवार्ड, आश्रा कुँवरलाई मोस्ट इन्फ्लेन्सियल रक आर्टिष्ट फिमेल, अन्सिका शर्मालाई इन्टरनेसनल फेसन मोडल अवार्ड, डा.त्रिशाला गुरुङलाई मोस्ट पपुलर आर्टिष्ट अवार्ड फिमेल, धर्मेन्द« सेवानलाई मोस्ट पपुलर आर्टिष्ट अवार्ड मेल, पराक्रम एसजेबी राणालाई यङ फेसन आइकन अवार्डबाट सम्मानीत गरिएको थियो ।

यसैगरी अवार्ड कार्यक्रममा अनिल केशरी शाहले मोस्ट इन्फुलेन्सियल पर्सनालिटी अवार्ड, सविता कार्कीले फेसन आइकन अवार्ड फिमेल, शुभेच्छा खड्काले मोस्ट पपुलर एमसी अवार्ड फिमेल, आस्तिक शेरचनले क्रिएटिभ फेसन डिजाइनर अवार्ड, मनिश राईले आइकोनिक फेसन डिजाइनर अवार्ड, किशोर कायस्थले क्रिएटिभ फेसन फोटोग्राफर अवार्ड तथा नगमा श्रेष्ठले प्रोमिनेन्ट नेसनल डाइरेक्टर अवार्डबाट सम्मान प्राप्त गरेका हुन् ।

यस अवार्ड कार्यक्रममा मुना गौचनलाई फेसन विधामा आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्र्ड, आस्था पोखरेललाई फेसन सुपर मोडल अवार्ड, दिपक बज्राचार्यलाई लिजेन्ड्री आर्टिष्ट्स अवार्ड, राजेश घिमिरेलाई फेसन मेकअप आर्टिष्ट अवार्ड तथा वरिष्ट ब्युटिसियन कमला श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानीत गरिएको थियो ।

सम्मानीत व्यक्तित्वहरुलाई ड्रिम सर्च एजेन्सीका संस्थापक तथा निर्देशक एवं कमल निकोन क्षेत्री, सेतो एजुकेसन सर्भिसेस्का संस्थापक एवं सिईओ भुपाल तामाङ तथा इपिसेन्टर एजुकेसन कन्सल्टेन्ट्सका सिईओ सुदर्शन थापाले सम्मान प्रदान गरेका थिए ।

साँगीतिक समूह आमादब्लम, फेथम ब्याण्ड र भ्वाइस अफ नेपाल किड्सका फाइनलिष्ट आर्नभ बनको मनोरञ्जनात्मक साँगीतिक प्रस्तुति पनि समेटिएको सो अवार्ड कार्यक्रमको संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य र मिस युनिभर्स नेपाल २०२१ का फस्ट रनर अप तथा मिस इको इन्टरनेसनल नेपाल २०२३ रक्षा उप्रेतीले संयुक्त रुपमा संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय