Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, प्लस साइज महिलाहरुमा केन्दित मोडल प्रतियोगिता ‘सुपरप्लस साइज मोडल नेपाल २०२१’ को उपाधि सृष्टि उप्रेतीले जित्न सफल भएकी छिन् । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतिस्पर्धामा सृष्टिले विजेताको ताज पहिरिएसंगै उनी फाटोजेनिक, चार्मिङ र ट्यालेन्ट विधातर्फ पनि उत्कृष्ट चयन भइन् । प्रतियोगितामा स्मृति अधिकारी फस्ट रनर अपको रुपमा विजयी बनिन् । उनले कन्फिडेन्ट विधाको अवार्डमा पनि आफ्नो नाम दर्ता गरिन् ।

यसैगरी सो प्रतियोगितामा कृष्णा कोइरालाले अडियन्स च्वाइसको ताज पहिरिन् भने उनले मोस्ट पपुलर तथा स्मार्ट विधाको अवार्ड पनि जित्न सफल भइन् । यसैगरी रोजिना राई इन्थुजियास्टिक र भिअर च्वाइस, प्रेरणा राजवंशी इन्टिेलिजेन्ट, तथा सृजना आले मगर पर्सनालिटी विधामा विजेताका रुपमा पुरस्कृत भएका थिए । मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न सो प्रतियोगितामा ग्लोरी द बुटिकका लिना सिलवालले तयार पारेका पहिरनमा सहभागिहरुले आफ्नो प्रस्तुति दिएका थिए भने कार्यक्रमको कोरियोग्राफी तथा संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय