Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, अविवाहित र विवाहित महिलाहरुको सहभागितामा मिस एण्ड मिसेस् ब्युटीफुल नेपाल २०२१ नामक सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको सो प्रतिस्पर्धात्मक कार्यक्रममा अविवाहित सहभागिहरुतर्फ पूर्णिमा क्षेत्रीले मिस ब्युटीफुल नेपाल २०२१को ताज पहिरन सफल भइन् । मिस ब्युटीफुल नेपाल २०२१ को ताज पहिरिएकी पूर्णीमाले युट्यूब मस्ट भ्यूज र मल्टि मिडिया च्वाइस अवार्ड पनि आफ्नो बनाउन सफल भइन् ।
मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर अपका साथ वेस्ट एक्टिभ, मस्ट आइकोनिक आइज र वेस्ट फिजिक अवार्ड जित्न सफल भइन् । यसैगरी गीता गुरुङ सेकेण्ड रनर अपका साथमा वेस्ट ¥याम्प वाक तथा पूजा नाथ थर्ड रनर अपका साथ मस्ट पपुलर, फेसन आइकन र मस्ट ट्यालेन्टको उपाधि हात पार्न सफल भइन् ।
प्रतियोगितामा विवाहित सहभागिहरुतर्फ पवित्रा वञ्जाराले मिसेस् व्युटिफुल नेपाल २०२१ को उपाधि जित्न सफल भइन् । मिसेस् ब्युटीफुल २०२१ को ताज पहिरिएकी पवित्राले वेस्ट ¥याम्प वाक, वेस्ट स्किन र मस्ट ट्यालेन्टेड अवार्ड जित्न सफल भइन् । मिसेस्तर्फ शुशीला श्रेष्ठ फस्ट रनर अपका साथमा वेस्ट स्पीच र मस्ट पङ्चुअल तथा मञ्जु अधिकारी सेकेन्ड रनर अपका साथमा मस्ट एक्टिभको उपाधि हात पार्न सफल भइन् । प्रतियोगितामा अन्जु न्यौपाने थर्ड रनर अपका साथमा मस्ट फोटोजेनिक र सरु थापा मस्ट पपुलर चुनिएका थिए । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरनेशनल प्रा.लि.को ब्यानरमा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय