Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

थाईल्याण्डमा भएको विभिन्न उमेर समूहका बालबालिका एवं किशोर किशोरीहरुमा केन्दि«त अन्तर्राष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेसनल २०२३ मा नेपालको तर्फ सहभागिताका जनाएका बालबालिकाहरुले मुख्य विधा सहित विभिन्न विधामा सफलता हात पारेका छन् । सो प्रतियोगिताका लागि नेपालका तर्फबाट आर्नभ श्रेष्ठ, साइरा भट्ट र निभिका दुवालको सहभागिता रहेको थियो ।
टिन स्टार इन्टरनेसनल २०२३मा नेपालको तर्फबाट सहभागिता जनाएका १३ वर्षिय आर्नभ श्रेष्ठले आफ्नो उमेर समूहमा विजेताको अवार्ड उचाल्न सफल भएका छन् । उनी मिष्टर पर्सनालिटी अवार्डका पनि विजेता चयन भएका थिए । काठमाडौं प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको नेसकल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

सोही प्रतियोगिताकी सहभागि ११ वर्षिय सायरा भट्टले आफ्नो उमेर समूहमा फस्ट रनर अप तथा ट्यालेन्ट विधाको अवार्ड जित्न सक्षम भएका छन् । पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

अर्का सहभागि १३ वर्षिया निभिका दुवालले आफ्नो उमेर समूहमा थर्ड रनर अप तथा मिस पर्सनालिटीको अवार्डमा सफलता हात पारेकी छिन् । लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

आर्नभ, साइरा र निभिका तीन जनाको टिन स्टार इन्टरनेसनल २०२३ का लागि नेपालका लागि सो प्रतियोगिताका लागि नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्टले संयोजन र तयारी गरेको हो । सो प्रतियोगितामा सहभागिता जनाउन थाईल्याण्ड प्रस्थान गर्नु अगाडि टिम नेपालको प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकिरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो, मेकअपमा ग्लसी गल्र्सले साथ दिएको छ भने फोटोशुट नविन श्रेष्ठले गरेका हुन् । थाईल्याण्डको बैंकक र पटाया शहरमा संचालन भएको टिन स्टार इन्टरनेसनल २०२३ मा नेपाल लगायत विश्वका विभिन्न मुलुकका बालबालिका तथा टिनएजरहरुको सहभागिता रहेको थियो । प्रतियोगिता जुलाई ३ तारिख देखि ११ तारिख सम्मको समय तालिकाभित्र संचालन भएको थियो भने फाइनल प्रतिस्पर्धा जुलाइ ९ तारिखमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय