Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, अपाङ्गता भएको व्यक्तिहरुको क्षमता र उनीहरुको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन योगदान पु¥याउने उदेश्यले ‘मिस एण्ड मिसेज डिस्एबिलिटी क्वीन नेपाल २०२१’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्टस् मिडिया प्रा.लि.को संयुक्त रुपमा आयोजनामा हुन लागेको हो । ग्रीन आर्टस् मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए । अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एस.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिलाई अगाडि ल्याउन सहयोग पुग्ने भएकोले आफुले सहकार्य गरेको बताइन् ।
सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको एक कार्यक्रमबीच सो कार्यक्रमबारे आयोजकले जानकारी गराएको हो । आयोजकका अनुसार ‘मिस एण्ड मिसेस् डिस्एबिलिटी क्वीन नेपाल २०२१’ को अन्तिम प्रतिस्पर्धा आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा आयोजना हुनेछ । एलिना शाक्य तुलाधरको संयोजन रहने सो प्रतियोगितामा कोरियोग्राफीको अविभारा अनिला श्रेष्ठले निर्वाह गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय