Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

गएको साउन ६ गते दरबारमार्ग स्थित होटल याक एण्ड यतिको प्रेक्षालयमा सम्पन्न न्युलुक मिष्टर नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा पेशाले विमान चालक रहेका मोरङका ३२ वर्षिय समर्पण कार्कीले मुख्य उपाधि जित्न सफल भएका छन् । समर्पणले मिष्टर इन्टेलिजेन्टको अवार्ड पनि जितेका थिए । प्रतियोगितामा काठमाडौं निमेश कपालीले फस्ट रनर अपको उपाधि जितेका हुन् । उनले मिष्टर पर्सनालिटीको अवार्ड पनि प्राप्त गरेका छन् ।

काभ्रेका कृषल श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । उनले मिष्टर ट्यालेन्ट र जेन्ट्स पार्क स्टाइल आइकनको अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरेका थिए । प्रतियोगितामा चितवनका डां विजय दुवाडी थर्ड रनर अप तथा भक्तपुर असिम लामिछाने फोर्थ रनर अपका रुपमा चयन भएका थिए । डा. विजयले पब्लिक च्वाइस जितेको सो प्रतियोगितामा असिमले मोस्ट फोटोजेनिकको अवार्ड हात पार्न सफल भएका थिए ।

मिष्टर नेपाल २०२३ को प्रतियोगितालाई कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकारले कोरियोग्राफ गरेको थिए । नेक्स्ट मोडल्स नेपालको ब्यानरमा संचालन भएको प्रतियोगितामा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुले तयार पारेको पहिरनहरु लगाएर प्रतिस्पर्धा गरेका थिए । १९ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको यस प्रतियोगितामा रमननाथ गिरीले मोस्ट पपुलर, प्रेम कुमार यादवले एक्टिभ र वेष्ट फिजिक, मिकाज कार्कीले वेष्ट स्कीन, राजीव तिवारीले वेष्ट हेयर तथा लोकेश प्रधानाङ्गले न्युलुक मेन्स च्वाइसको अवार्ड प्राप्त गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय