Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

सुनसरी, लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग देशभर प्रकोपका रूपमा फैलन थालेसँगै सुनसरीका पत्रकारहरू यसबाट प्रभावित भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा सङ्क्रमणको दर बढी भएकाले सोही क्षेत्रका पत्रकारहरू यसको चपेटामा परेका हुन् ।

हालसम्म नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईका साथै अन्य पत्रकारहरू गिरिराज आचार्य, देवेन्द्र कार्की, रणध्वज लोहार, दामोदर गुरागाईँ, दीपक लिम्बू र रश्मि प्रधानलाई डेङ्गीको सङ्क्रमण भएको पुष्टि भएको छ ।

यसका साथै प्रेस सेन्टरका अध्यक्ष तीर्थ कार्की र पत्रकार उपेन्द्र चाम्लिङ पनि सङ्क्रमित भएको पुष्टि भएको छ ।

पत्रकार सन्तोष काफ्लेका अनुसार यकिन तथ्याङ्क नभए पनि हालसम्म डेङ्गीबाट सङ्क्रमित पत्रकारको सङ्ख्या सुनसरी जिल्लाभर एक दर्जनको हाराहारी पुगेको छ ।

सङ्क्रमितमध्ये गिरिराज आचार्यको अवस्था गम्भीर रहेको छ भने अन्य पत्रकारहरू सामान्य अवस्थामा उपचाररत रहेका छन् ।

केही पत्रकारहरू भने स्वास्थ्यलाभ गरी काममा फर्किएको र केहीले सङ्क्रमित अवस्थाका बीच घरबाटै काम गरिरहेको काफ्लेले बताए ।

हालसम्म डेङ्गीको सङ्क्रमणका कारण सुनसरीको धरानका चार जनाले ज्यान गुमाएका छन् ।

हाल सबैभन्दा बढी सुनसरीमा दुई हजार पाँच सय ४२ जना डेङ्गी सङ्क्रमित रहेका छन् ।

त्यस्तै, धादिङमा चार सय एक, कास्कीमा दुई सय पाँच, दार्चुलामा एक सय ९०, काठमाडौँमा ८०, सङ्खुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३ जनामा डेङ्गीको संक्रमण रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय