ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हलमा मिसेस् क्यापिटल क्वीन नेपाल २०२३ मंचन भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा संचालन भएको सो प्रतियोगितामा मोस्ट इन्टेलिजेन्ट, वेष्ट फोटोजेनिक र पब्लिक भिडियो च्वाइस अवार्ड सहित काठमाडौं सितापाइला निवासी लक्ष्मी भुषालले मिसेस् क्यापिटल क्वीन नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा मोस्ट कन्फिडेन्ट अवार्ड सहित रिद्धि शर्माले फस्ट रनर अप तथा मोस्ट डेडिकेटेड अवार्ड सहित बिमला श्रेष्ठले सेकेन्ड रनर अप स्थानमा आफ्ना नाम दर्ता गराउन सफल भए ।
हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो प्रतियोतिगामा विष्णु तुम्बापो चेम्जोङले डाइनामिक र मोस्ट पपुलर, राधा श्रेष्ठले मोस्ट स्मार्ट, सोनी सिंहले डिलिजेन्ट, निशा तामाङले वेष्ट डिसिप्लीन तथा मनिका दासले वेष्ट पर्सनालिटी विधामा अवार्ड प्राप्त गरेका थिए ।


