Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं , झन्डै दुई दशक अगाडी रिलिज भएको सुपरहिट गीत ‘ओकिली ओकिली’का गायक हुन्, अनिश सापकोटा । ओकिली ब्याण्डको स्थापाना गरेर सुरु भएको यो यात्रामा अहिले अनिशले आफ्नो नाम नै अनिश ओकिली बनाए। प्रवासमा रहेर नेपाली गीतसंगीतको साधनमा निरन्तर रहेका उनै अनिसको स्वरमा रहेको नया गीत ‘उडायो’ सार्वजनिक भएको छ। अनिशको नै शब्द संगीत रहेको गीतमा राजन इशानको एरेन्ज रहेको छ।
बिजेश पौडेल र राजन ईशानको निर्देशनमा तयार भएको गीतमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेत लगायतका कलाकार फिचर रहेका छन्। संजय लामाले खिचेको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय