Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र तोकेको छ। साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि १५ वटा परीक्षा केन्द्र ताेकिएकाे हाे।

भानु मावि पानीपोखरी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्यामन्दिर क्षेत्रपाटी र कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको छ।

यस्तै, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र सिद्धेश्वर मावि शान्तिनगरमा पनि केन्द्र तोकिएको हाे।

परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छ। यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि चार हजार एक सय ५५ जना छन्। त्यसपछि व्यवस्थापनमा एक हजार चार सय ८४ जना र प्राविधिक विषयका लागि दुई सय ४५ जना छन्।

परीक्षाका लागि बिहीबारदेखि विद्यार्थीहरूले प्रवेशपत्र लिन सक्नेछन्। प्रवेशपत्रका लागि महानगरकाे वेबसाइटमा माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेशपत्र प्रिन्ट गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय