Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि लिएको प्रवेश परीक्षाको नतिजा र विद्यार्थीहरूले कुन विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन गर्ने भएको छ ।

परीक्षाको प्रारम्भिक नतिजा आज प्रकाशन भएता पनि अन्तिम नतिजा पछि प्रकाशन गरिने महानगरको शिक्षा विभागले जनाएको छ ।यसमा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि आज र भोलि (साउन २१ र २२) गते २ दिन समय दिइएको छ । यसपछि अन्तिम नतिजा प्रकाशन हुने विभागले जनाएको छ ।

अन्तिम नतिजासँगै विद्यार्थीलाई योग्यता क्रमका आधारमा आफूले चाहेको विद्यालय र विषय रोज्न पाउनेछन् । यसमा दिइने १० वटा शिक्षण संस्थामध्ये उपलब्ध कोटा, योग्यता क्रम र विद्यार्थीहरूको चापका आधारमा भर्ना पाइनेछ । महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १६६ वटा उच्च माध्यमिक विद्यालय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय