काठमाडौं, दोस्रो संस्करणको मिष्टर एण्ड मिस रौनियार प्रतियोगितामा अस्मित गुप्ता र आँचल रौनियारले शीर्ष उपाधिमा बाजी मारेका छन् । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अस्मितले ट्यालेन्ट अवार्ड पनि हात पार्न सफल भए भने आँचल पब्लिक च्वाइस र भिअर च्वाइस अवार्डको पनि विजेता बनिन् । 
प्रतियोगिता मिस तर्फ शिक्षा गुप्ता फस्ट रनर अप बनिन् भने ज्योति रौनियार वेष्ट पर्फमेन्स अवार्ड सहित सेकेन्ड रनर अप चयन भइन् । यसैगरी ट्यालेन्ट विधामा विराटनगरकी रुची रौनियार र काठमाडौंकी खुश्बु रौनियार विजेता चयन भएका थिए । यसैगरी सोमन कुमारी गुप्ता मिस फोटोजेनिक छनौट भइन् भने सालु कुमारी रौनियार वेष्ट वाक, स्नेहा रौनियार मोस्ट चार्मिङ, नन्दिनी कुमारी गुप्ता म्यानेज्मेन्ट च्वाइस तथा प्रिति रौनियार वेष्ट पर्सनालिटी विधातर्फ उत्कृष्ट ठहरिएका थिए । 
प्रतियोगिताको मिष्टर तर्फ सर्वजीत रौनियार वेष्ट पर्सनालिटी र म्यानेज्मेन्ट च्वाइस अवार्ड सहित सेकेन्ड रनर अप तथा वेष्ट फोटोजेनिक र वेष्ट पर्फमेन्स अवार्ड सहित राज रौनियार सेकेन्ड रनर अप घोषित भएका थिए । मिष्टर तर्फ विराटनगरबाट आयुष रौनियारले ट्यालेन्ट विधाको अवार्ड उचालेका थिए । यसैगरी श्याम रौनियार भिअर च्वाइस र पब्लिक च्वाइस अवार्डका विजेता बनेका थिए भने अंकित रौनियारले वेष्ट वाक र अजय प्रसाद रौनियारले मिष्टर चार्मिङको अवार्ड प्राप्त गरेका थिए ।
एमी इन्टरटेन्मेन्टको ब्यानरमा संचालन भएको सो प्रतियोगिताको विराटनगरका प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर युवराज केशरीले ग्रुमिङ गरेका थिए भने कार्यक्रमको कोरियोग्राफी एवं संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।


