काठमाडौं, लाजिम्पाटस्थित ¥याडिसन होटलमा संचालन भएको मिस तामाङ २०२१को पहिरिन सफल भएकी छिन् सफलता थिङ । शीर्ष उपाधि सहित नगद पुरस्कार रु एक लाख प्राप्त गरेकी सफलताले प्रतियोगितामा मल्टिमिडिया, इन्टिलेक्चुयल र मोस्ट पपुलर विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् । प्रतियोगितामा पेमा पाख्रिन फस्ट रनर अप तथा सोनिया वाइबा सेकेन्ड रनर अप घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत पर्सनालिटी विधामा सिसन डोङ लामा, फोटोजेनिक विधामा सुनिता तितुङ, भिअर च्वाइस विधामा पेमा पाख्रिन तामाङ, फ्रेन्ड्ली विधामा सुषमा घिसिङ तामाङ र कन्फिडेन्ट विधामा सुजाता तितुङ तामाङ विजेता छनौट भएका थिए । मम्स् इन्टरनेसनल नेपालको ब्यानरमा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी प्रिया रानी लामाले गरेकी हुन् ।


