Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

नेपालगन्ज — पछिल्लो समय नेपालगन्जमा बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि प्याब्सन नेपालगन्ज नगर समितिले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन नगर सचिव मानबहादुर थापाले बताए ।

उनका अनुसार शुक्रबारसम्म बिदा छ भने आइतबारदेखि विद्यालय सञ्चालन हुने छ । प्याब्सनले बिदाका अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन भन्दै आँखाको समस्याबाट बच्चे उपाय लेखिएको पर्चा वितरण गरेको छ ।

पछिल्लो समय नेपालगन्जमा आँखा पाक्ने प्रकोप बढ्दै गएको छ । सरकारी विद्यालय बन्द गर्ने विषयमा भने उपमहानगरपालिकाले केही निर्णय गरेको छैन ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आँखा पाक्ने समस्याका बिरामी दैनिक ५० जना आउने गरेको शिक्षण अस्पताल कोहलपुरमा आँखा रोग विशेषज्ञ प्रोफेसर डा. नन्दाकुमारी गुरुङले जनाइन् । यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने उनको भनाइ छ । प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उनले जनाइन् ।

यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा. गुरुङको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय