Thursday 18 June 2026 / शुक्रबार, ५ असार २०८३

काठमाडौं धरानमा डेंगीका कारण ९ वर्षीय एक बालकको मृत्यु भएको छ । योसँगै यो वर्ष डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

दुई दिनअघि ज्वरो आएका बालकलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । बिपीमा सघन उपचार कक्ष खाली नभएको बताइएपछि विराटनगरस्थित बिग हस्पिटल रिफर गरिएका बालकको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

धरानमा परीक्षण गर्नेमध्ये अहिले ७१ प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजी क्लिनिकमा पनि बिरामीको निकै चाप छ । अधिकांश वडा कार्यालयले आफ्नै पहलमा स्वास्थ्य शिविर संचालनमा ल्याए पनि पर्याप्त हुन सकेको छैन । तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नभएकै कारण महामारी नियन्त्रण हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय