Saturday 26 September 2026 / आईतवार, ११ आश्विन २०८३

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक रू १७ हजार ३०० पुर्‍याएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको निर्णय बिहीबार राजपत्रमा प्रकाशित छ ।

मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक रू १७ हजार ३ सय पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक रू १५ हजार रहेको थियो ।

अहिले आधारभूत पारिश्रमिक रू १० हजार ८२० र महंगी भत्ता रू ६ हजार ४८० गरी रू १७ हजार ३०० पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक रू ९ हजार ३८५ र मंहगी भत्ता रू ५ हजार ६१५ थियो ।

चिया बगानका श्रमिकले रू १३ हजार ८९३ पाउने

चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक  रू १३ हजार ८९३ पुगेको छ । यसअघि यो रकम रू १२ हजार ८१  थियो ।

सामाजिक सुरक्षा अनिवार्य

नयाँ व्यवस्थानुसार पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका अन्य सुविधाहरु, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउने र  यो सूचनामा तोकिएको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक तोक्नुपर्ने भएको छ । यो रकम भन्दा न्यूनतम हुने गरी अब पारिश्रमिक तोकेर रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय