Monday 27 July 2026 / मंगलवार, १२ श्रावण २०८३

काठमाडौँ, ४ भदौ : कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा उहाँको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मनु भएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गर्नुभएको थियो ।–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय