Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

फेसन र स्टाइल आजको परिवेशमा महत्वपूर्ण हुँदै गएको देखिन्छ । मौसम, व्यक्तित्व र अवसर अनुसारको चाहना बढेसंगै फेसनका नयाँ नयाँ शैलीले पहिरन प्रयोगकर्ताको आरामदायिकता र उसको व्यक्तित्वमा निखार ल्याउने अनेकौं प्रयोग र प्रस्तुति दिंदै आएको देखिन्छ । यही परिवेशमा पर्वका पहिरनको हरेकको वार्डरोबमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ । परंपरा र आधुनिकताको समिश्रणको माग बढ्दो पाइन्छ । यही कुरालाई ध्यानमा राखेर नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका सातौं सेमेष्टरमा अध्ययनरत १८औं ब्याचका विद्यार्थी डिजाइनरहरुले परिकल्पना गरेका तीज पर्व सुहाउँदा केही शैलीहरु यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएका सृजनाहरु फेसन जर्नालिजम वर्कशप अन्तर्गत तीज पर्व पहिरनशैली थिम अन्तर्गत सबमिट गरिएका डिजाइन स्केच र राइटअप मध्येबाट छानिएका उत्कृष्ट सृजनाहरुलाई यहाँ समेटिएको छ ।

मिनु तामाङको सृजना

फेसन डिजाइनर मिनु तामाङले सोचेको पहिरन तीज पर्वको परंपरागत पहिरन शैली भएकाले यही कुरालाई प्राथमिकता दिइएको छ । पहिरनशैली भने साडी हो । साडीसित सुहाउँदो ब्लाउजमा स्वीट हार्ट नेकलाइन रहेको छ भने कोर्सेटमा जस्तै डार्टहरुको प्रयोग भएको छ । ब्लाउजको स्लीव्सको माथिल्लो भाग पफी रहेको छ भने तल्लो भाग अर्थात् नाडीतिर क्लोज्ड कफ शैली रहेको छ । यसमा तीनवटा सुन्दर डिजाइनको टाँख पनि प्रयोग भएको छ । साडीको रंग भने ग्रीन र रेडको समिश्रण हो । जसले सौभाग्य र सुन्दरतालाई उजागर गर्दछ । साडीको बोर्डरमा भर्टिकल लाइन संगै गोल्डेन लाइनहरु पनि रहेको छ । ब्लाउज हरियो रंगको रहेको छ । नेकलाइनलाई खाली राखिएको छ जसले गर्दा लुकमा ग्ल्यामर संचार होस् । इयर रिङ भने गोल्डेन कलरको टियर ड्रप स्टाइल रहेको छ ।

नृतिका शाक्य श्रेष्ठको सृजना

नृतिका शाक्य श्रेष्ठको डिजाइन गरेको तीज केन्दि«त पहिरनमा ब्लाउज क्वीन एनाबाट प्रेरित छ । जसमा डिप ब्याक सहितको डिप स्वीट हार्ट नेक स्टाइल र ब्याकमा स्ट्रिङ स्टाइल्स रहेको छ । लेहेंगा स्कर्ट विभिन्न फ्लेयर्ड प्यानल्स सहितको छ जसले लेहेंगाको स्कर्टलाई हेभी फ्लेयर्ड लुक प्रदान गर्दछ । लेहेंगा र चोलीका लागि सिल्क फ्याब्रिक प्रयोग गरिएको छ भने सलका लागि नेट फ्याब्रिक उचित मानिएको छ । पहिरनशैलीलाई माहौल अनुरुप कलरफुल बनाउनका लागि पोस्टर रेड, पोस्टर ग्रीन, भरमिलियन ओरेन्ज, लेमन येलो र डिप डार्क पिन्क जस्ता रंगहरुको प्रयोग गरिएको छ । लेहेंगाको प्यानलमा मुजुरको जस्तो स्वरुप प्रदान गर्नका लागि पेज्लीज् डिजाइन्स प्रयोग भएको छ । ब्लाउजको स्लीव्समा गोल्डेन पोल्का डट इम्ब्रोइडरी गरिएको छ । यो लेहेंगाको प्यानलसित सुहाउँदो हुने गरी प्रयोग गरिएको छ । रेड बिड्स सहित ग्रीन तथा गोल्डेन ईम्ब्रोइडरी गरिएको बोर्डरले शल, वेष्ट राउन्ड र स्कर्टको बटमलाई सजाइएको छ । शल क्रिमसन रेड कलरको रहेको छ भने यसलाई पोल्का डटेड गोल्डेन ईम्ब्रोइडरीले भरिएको छ । यो पहिरनसित गोल्डेन तथा कलरफुल चोकर स्टाइल्ड नेकलेस, हेभी ईयररिङ, कलरफुल ब्याङगल्स लगाउनु उचित हुन्छ । ब्लाउजसित कम्प्लीमेन्ट डेकोरेटिभ रोज र हेयर एक्सेसरिज सहितको बन बनाएर हेयर स्टाइलिङ गर्नु राम्रो हुन्छ भने न्युड वा हेभी मेकअप गर्नु सुहाउँदो हुन्छ ।

एलिना गुरुङको सृजना

डिजाइनर एलिना गुरुङले तयार पारेको यो पहिरन शैली तीज पर्वमा रातो र हरियो रंग पहिरिने नेपाली संस्कृतिबाट प्रेरित रहेको छ । हिन्दु परंपरा अनुसार रातो रंगलाई शौभाग्य र हरियोलाई समृद्धिसित जोडिएको छ । डिजाइनमा वाइड ओपन भि नेकलाइन भएको स्लीभलेस ब्लाउज रहेको छ । ब्लाउजमा रेड र ग्रीन गरी दुई भाग रहेको छ जसमा ब्लाउजमा भएको रेड भागलाई ग्रीन भागमाथि बाँधिएको छ । ग्रीन कलर प्लेन फ्याब्रिक हो भने रेडमा गोल्डेन र सिल्भर प्याटर्न रहेको छ । यो डिजाइनको कम्मर मुनिको शैली साडीबाट प्रेरित रहेको छ । यसमा सादा रातो कपडामा लामो ए लाइन स्कर्ट छ र कपडाको अर्को भागमा प्लीट्स छन् जहाँ भित्री भाग सादा हरियो छ र कपडाको बाहिरी भाग माथिल्लो कपडाको जस्तै ढाँचा छ । यो पहिरन जो कोहीले पनि लगाउन सक्छ र मुख्यतया युवा उमेरका महिलाहरुमा केन्दि«त छ जसले यस पहिरनशैलीमा आफ्नो शारारिक सुन्दरतालाई प्रस्तुत गर्न सक्छ । यो शैलीलाई सुनको गहना र पहिरन सुहाउँदो अन्य एक्सेसरिजसंग स्टाइल गर्न सकिन्छ ।

सृजना तामाङको सृजना

डिजाइनर सृजना तामाङले तयार पारेको यो पहिरन दुई भागमा बाँडिएको छ । माथिल्लो भागमा तिब्बती ढाँचामा कढाई भएको बहु रंगको ब्लाउज हो । शरिरको तल्लो भागको लागित साटन कपडामा बनाइएको मल्टि लेयर्ड रातो स्कर्ट छनोट गरिएको छ । पहिलो लेयर फक्स प्लीटेड कपडाबाट बनेको गोलाकार स्कर्ट हो जसले भोल्युम सिर्जना गर्दछ र गोलाकार साटन स्कर्टको माथि फ्लो लुक प्रदान गरिएको छ जुन पहिलो लेयर भन्दा अलि छोटो छ र अन्तमा कम्मर वरपर साटन प्लीटेड फ्याब्रिक डे«प गरिएको छ जसले ट्युलिप फूलको छाप दिन्छ । समग्रमा स्कर्ट मर्मेड आकारमा रहेको छ ।

अस्मिता मगरको सृजना

डिजाइनर अस्मिता मगरले तयार पारेको यो पहिरन विशेष गरी २० वर्षको उमेर समुहका युवा पुस्तालाई लक्षित गरी डिजाइन गरिएको हो । यो शैली पार्टी वेयर हो । यो सिम्पल खालको नेट साडी हो जसमा चारैतिर स साना ढाँचाहरुलाई छरिएर राखिएको छ । साडीलाई फिशटेल स्टाइलमा प्रस्तुत गरिएको छ । ब्लाउजलाई रातो रंगको रेशम कपडाबाट बनाइएको छ । जसमा ओपन र थोरै स्वीट हार्ट नेकलाइन रहेको छ । ब्लाउजको पछाडिपट्टि झन्डै ब्याकलेस राखिएको छ । लुकलाई प्रभावकारी रुपमा प्रस्तुत गर्नका लागि रफल्ड स्लीव्सको प्रयोग गरिएको छ । लुकलाई पूर्णता प्रदान गर्नका लागि सानो आकारको गोल्डेन नेकलेस, कानमा सुहाउँदो ड्याङ्लर्स, सानो आकारको गोल्डेन वेष्ट चेन र गोल्डेन चुराहरु सिफारिस गरिएको छ । फुटवेयरका लागि भने हाई हिल्स भएको गोल्डेन स्यान्डल सुहाउँदो हुन्छ । मेकअपलाई सिम्पल राख्नु उचित हुन्छ भने टिका वा बिन्दी उपयुक्त हुन्छ । कपाल भने राम्रो संग जुरो बनाएको सुहाउँछ ।

मोहन चन्द« अधिकारीको सृजना

तीजको अवसरका लागि डिजाइनर मोहन चन्द« अधिकारबाट तयार पारिएको यो आकर्षक डिजाइन दुई भागमा विभाजन गरी लेहेंगा र चोलीका रुपमा प्रस्तुत गरिएको छ । रंगको सम्बन्धमा भने रातो, पहेंलो र हरियो रंगलाई प्राथमिकतामा राखिएको छ । यो पहिरन मूलतः कढाई कलाबाट प्रेरित रहेको छ । जसमा ह्यान्ड र मेशिन इम्ब्रोइडरी दुवैको प्रयोग रहेको छ । यस डिजाइनमा चोलो एकापट्टिको भाग अर्कोतिर खप्टिएको छ भने बाहुलाको डिजाइन पफ्ड एण्ड फ्लाउन्स शैलीमा तयार पारिएको छ । लेहेंगाको आकार माथितिर कसिलो र शरिरसंग फिटिङ हुँदै तलतिर फराकिलो हुँदै ठूलो घेरामा काटेर सिलाइएको छ । सिफन कपडा प्रयोग गरेर तयार पारिएको यो पहिरनलाई नेपाली संस्कृति अनुरुप प्रस्तुत गर्नका लागि परंपरागत मौलिक गरगहनाको प्रयोगलाई प्राथमिकता दिइएको छ । यो पहिरनको स्वरुपलाई अझ विशेष बनाउनका लागि हातमा चुरा र गलामा रानीहार, छड्के तिलहरी चन्द«ाकार तथा शिरमा जुरो बनाएर रातो नेटमा कढाई गरिएको घुम्टोको प्रयोग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय