Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौँ, साउथ एसिया नेटवर्क टि भी (एस् ए टि भी ) ले आयोजना गरेको दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनलाई नेपालस्थित चिनियाँ दूतावासले निर्देशन गरेको थियो भने नेपाल चाइनिज इन्टरप्राइज एशोसियसन र नेपाल ओभरसिज चाइनिज एसोसिएसनले संयुक्त रुपमा सहायोजना गरेको हो।

बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सव र नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंको लाजिम्पाटस्थित होटेल मल्लमा कार्यक्रमको आयोजना गरिएको थियो।
सम्मेलनमा सहभागी मिडिया तथा पत्रकारहरुलाई पत्रकारिताका विश्वब्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गर्दै त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने र दुई देशका मिडियाबीचको आदन प्रदानलाई अझै प्रगाड बनाउने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको आयोजक एस् ए टि भीले जनाएको छ।
नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा समापन भएको सम्मेलनमा चिनियाँ दूताबासका राजनीतिक कन्सुलर वाङ सिन्, सम्माननीय प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको विशिष्ट उपस्थिति रहेको थियो।
त्यसैगरी शिखर सम्मेलनमा सिन्ह्वा समाचार एजेन्सी,चाइना सेन्ट्रल रेडियो र टेलिभिजन स्टेशन लगायत नेपालका ४२ चिनियाँ संघसंस्था सहभागी थिए भने नेपाल राष्ट्रिय समाचार समिती, नेपाल टेलिभिजन र जनआस्था जस्ता ३३ नेपाली मूलधारका मिडियाहरूको सहभागिता रहेको थियो।
सम्मेलनले मिडिया एकीकरण, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयमा गहिरो छलफल सञ्चालन गर्दै दक्षिण एसियाली मिडिया विकासको उज्ज्वल भविष्यको लागि दुवै देशका सञ्चार माध्यमलाई संयुक्त प्रयास गर्न नवीन मंच प्रधान गरेको छ।

कार्यक्रममा नेपालको पर्यटन क्षेत्र, सांस्कृतिक क्षेत्र, पूर्वाधार विकास र बदलिँदो जनसम्बन्धमा एस् ए टि भी लगायत अन्य चिनीया सञ्चारमाध्यमले निर्वाहा गरेको उल्लेखनीय भूमिकाबारे प्रकाश पारिएको थियो । साथै सम्मेलनमा दुवै देशको समृद्ध भविष्यकोलागि भावी योजनाहरु समेत छलफल गरिएको थियो।
विभिन्न मिडियाका प्रतिनिधित्व गर्दै सम्मेलनमा उपस्थित भएका पत्रकारहरुले सञ्चार निर्माण र प्रभावकारितामा विशेष वार्तालाव गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय