Saturday 14 November 2026 / शनिबार, २९ कार्तिक २०८३

छठ पर्वको दोस्रो दिन शनिबार सप्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस अवसरमा व्रतालु दिनभर निराहार व्रत बसेर साँझ पूजा गरी खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गर्ने तयारीमा जुटेका छन्

खरना विधिमा माटोको चुल्होमा पकाइएको खीर, रोटी तथा गुड र दूधबाट तयार पारिएको प्रसाद सूर्यदेव र छठी मातालाई अर्पण गर्ने परम्परा छ। पूजा सम्पन्न भएपछि प्रसाद परिवार र छिमेकीसँग बाँडेर ग्रहण गरिन्छ।

खरना सम्पन्न गरेपछि व्रतालुले करिब ३६ घण्टासम्म पानीसमेत नपिई निर्जल उपवास बस्ने धार्मिक परम्परा रहेको छ। परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय