Friday 16 October 2026 / शुक्रबार, ३० आश्विन २०८३

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको छ । गोठमा बाँधिएको बाच्छीको आगलागीमा परेर जलेर मरेको छ । गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको काठ, सिँचाइका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताउनुभयो ।

“घर निर्माणका लागि तयारी अवस्थाको रु दुई लाखभन्दा बढीको सबै काठ गोठमै राखेको थिए”, उहाँले भन्नुभयो, “पूरै जलेर खरानी भयो ।” वडाध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण कायम गरिएको छ । समयमै आगलागी नियन्त्रण कायम हँुदा नजिकै रहेका अन्य घरहरू जोगिएका छन् । आगलागीका कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय