Tuesday 11 August 2026 / मंगलवार, २६ श्रावण २०८३

सुदूरपश्चिम, सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्ला फैलिएसँगै ग्यासको बिक्री तथा आपूर्ति दुवै बढेको छ।

धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन २४ गतेसम्म प्रदेशभर १ लाख १५ हजार ९९० सिलिण्डर एलपी ग्यास बिक्री भइसकेको छ।

अभाव हुने आशंकामा उपभोक्ताले ग्यासको माग बढाएपछि बिक्री तथा आपूर्ति दुवैमा वृद्धि भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय