Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौः बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने कार्यक्रम मेची देखि महाकाली सम्म बाट एक साथ सार्वजानिक भएको गीत टुनामुना पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ भने टुनामुना गीतका शब्दहरु पनि बबिना भट्टराई कै रहेका छन् ।

उक्त गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो ड्रगन पिक्चर्स द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ संग बबिना आफैले अभिनय गरेकी छिन् । भिडियोमा बुद्धि र बबिनाको अभिनय जीवन्त रहेको छ । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय