Friday 3 July 2026 / शनिबार, २० असार २०८३

काठमाडाैं, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४।८ मेगावाटको माथिल्लो सान्जेन, ४२।५ मेगावाटको सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् ।

यसमध्ये माथिल्लो सान्जेनले गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत् बिक्री गरिसकेको छ । ४२।५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई शुक्रबारबाट राष्ट्रिय प्रसारणलाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ । एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको पनि परीक्षणका रूपमा विद्युत् उत्पादन भइरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएका मापदण्ड पूरा गरेपछि सान्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

चिलिमे जलविद्युत् कम्पनीको अनुगवाइमा दुई सय ७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशीबाहेक तीनवटा आयोजना सम्पन्न भएका हुन् । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०र१३२र३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

सबै आयोजनाहरू ०७२ सालको भूकम्प, बाढीपहिरो, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलन, कोभिड– १९को महामारी, कोभिड– १९ पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाहरूको निर्माण प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठुलो उपलब्धि भएको बताए । ‘म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएका वेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रूपमा काबुबाहिरको परिस्थितिका कारण आयोजनाहरूको निर्माणमा केही समय लागे तापनि अब तीनवटा आयोजनाहरूको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ,’ उनले भने, ‘बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन् ।’

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागत भने बढेको प्राधिकरणको भनाइ छ । माथिल्लो सान्जेन र सन्जेन गरी दुवै आयोजनाहरूको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ३५ करोड रुपैयाँ थियो । आयोजनाको प्रवद्र्धक सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । सिइओ सिंहले लागत अनुमानबमोजिम दुवै आयोजनाहरूको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे । चिलिमेका चारवटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो ।
कम्पनीमा चिलिमेको ३९।३६ प्रतिशत, प्राधिकरणको १०।३६ प्रतिशत, रसुवाका स्थानीय तहको १।२८ प्रतिशत संस्थापक सेयर छ । माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो सान्जेनलाई विद्युत्को बढी माग हुने साँझको समय ९पिक० दिउँसोको पानी जम्मा गरी ७०–७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय