Friday 3 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौँ । यतिबेला आमसर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा शिक्षा तथा रोजगारीको लागि बिदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही युरोप अमेरिका अस्ट्रेलिया, क्यानडा, युके गहिरहेका छन् । राम्रो ठाउँ, गुणस्तरीय काम र बस्न खान लगायत पढ्नका लागि राम्रो ठाउँको खोजिमा सबै मानिसहरू भौताारिरहेको दखिन्छ । त्यसो त कुन कन्सल्टेन्सीबाट आफुले डकुमेन्ट पेश गरेर भिषा आवेदन दिने भन्ने पनि आम जनमानसमा आवश्यकताकै विषय बन्दै गइरहेको छ ।

पछिल्लो समय कुन देश जादाँ राम्रो हुन्छ ? कसरी जाने ? के हुन्छ भिषा प्रक्रिया ? कति खर्च लाग्छ ? कसरी जाने ? कहाँ पढ्ने ? लगायतका यावत् कुराहरू हामी खोज्ने प्रयास गरेका छौँ ।

त्यसो त विगत लामो इतिहास बोकेको बानेश्वर र पुतलीसडकमा अवस्थित यूनिभर्सल थट कन्सल्ट (यूटीसी) पनि यहाँहरूका लागि उत्कृष्ट रोजाई बन्न सक्छ । २०७२ सालमा स्थापना भएको कन्सन्टेन्सीले शुरूवाती दिनबाटनै अस्ट्रेलियामा अध्ययनको लागि विद्यार्थीहरुलाई सहयोगी भुमीका खेल्र्दै आइरहेको छ । हाल अस्ट्रेलिया, युके, क्यानडा, युएसए, दुबई, र माल्टालाई फोकस गरेर अगाडि बढिरहेको यूटीसी कन्सन्ट्रेन्सीको काठमाडौँ लगायत, देशभित्र चितवन, बुटवल र पोखरामा शाखा कार्यालयहरू छन् भने देश बाहिर भारतको केरला र पुर्णे, पाकिस्तानको स्लामवाद र अन्तर्राष्ट्रिय मुख्य कार्यालयको रुपमा अस्ट्रेलियाको सिड्निबाट सेवा सन्चालन गरिरहेको छ ।

अस्ट्रेलिया, क्यानडा, युके, युएसए, दुवई , माल्टा लगायत युरोपका विभिन्न देशहरूमा नेपालहरूको उत्कृष्ट शिक्षको लागि गन्तव्य तय गर्दै आईरहेको यूनिभर्सल थट कन्सल्टले उत्कृष्ट मार्गनिर्देशन सहित विद्यार्थीहरुको आवस्यकता अनुसार गन्तव्यतय गर्दै सयौं आम विद्यार्थीहरूलाई विभिन्न देशमा उज्यालो भविष्य देखाईरहेको छ । आइएलटिएस, पिटीई, स्याट र अन्य विविध विषयहरूको तयारी कक्षाहरु सन्चालन गर्दै आइरहेको छ ।

विशेषगरी आज हामी यसै विषयमा केन्द्रीत रहेर पछिल्लो समय अस्ट्रेलियाको चौतर्फी चर्चा गरिरहदा के कसरी त्यहाँ जाने ? के छ प्रक्रिया ? कति खर्च लाग्छ ? कुन भिषामा जाने ? कहाँ बस्ने खाने ? लगायतका विभिन्न विषयहरू समेटेर यूनिभर्सल थट कन्सल्टका कार्यकारी निर्देशक प्रकाश ढकाल सँग यसनेपाली अनलाइन पत्रिकाका सन्चालक रेजीना तुलाधरले गर्नुभएको कुराकानी प्रस्तुत गदैछौँ ।

पछिल्लो समय अस्ट्रेलिया जान के कस्ता छन् झन्झटहरू ?

अहिले अष्ट्रेलिया जान पहिला भन्दा केही हदसम्म गाह्रो भएको होकी भन्ने जनमानसमा परेको छ । विशेषगरी, आर्थिक अवस्था राम्रो रहेको, शैक्षिक क्षेत्रको डकुमेन्ट र बजारमा चलेकाहल्लाहरूले यहाँ जान गाह्रो अवस्था सिर्जना भएको हो । यदि डकुमेन्ट राम्रो भएका अस्ट्रेलिया जान आवश्यक प्रक्रिया पुरा गरेमा त्यति धेरै गाह्रो भने छैन । आयल्स र पिटिई गरेर राम्रो अंक सहित अस्ट्रेलिया जान सकिन्छ । फाइनासियल रूपमा आम्दानीको स्रोत बलियो र एक वर्ष अगाडिदेखि नै बैंक खातालाई राम्रोसँग मेन्टेनेन्स गरेर अगाडि बढ्नाले समस्या छैन । अस्ट्रेलियाले तोकेको निश्चित घेरा भित्र रहदाँ राम्रोसँग भिसा आइरहेको छ ।

पढ्नका लागि शैक्षिक क्षेत्रमा कति अंक ल्याउदा राम्रो देखिन्छ ?
राम्रो शैक्षिक ब्याकग्राउन्ड भएको, २.९ अथवा ३ भन्दा राम्रो अंक ल्याएका ब्याचलर र मास्टर्सको लागि ६० प्रतिशतभन्दा बढी अंक ल्याउन आवश्यक देखिन्छ । पढनका लागि विभिन्न सुविधाहरू उपलब्ध गराईरहेको छ ।
नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियाले कस्तो प्रार्थमिकता दिने गरेको छ ?
विशेषगरीर, अस्ट्रेलियामा काम गर्न जाने भन्दा पनि पढ्नका लागि जानेहरू धेरै संख्यामा रहेका छन् । अस्ट्रेलियाले नेपाली विद्यार्थीहरुको लागि उच्च प्रार्थमिकताको साथ जेनुुन विद्यार्थीहरुलाई अध्ययनको लागि राम्रो बातावरण उपलब्ध गराउँदै आईरहेको छ ।

अस्ट्रेलियामा अध्ययन गर्न जानको लागि कुन कुन इन्टेकमा आवेदन दिन सकिन्छ?
अस्ट्रेलियामा अध्ययन गर्न जानको लागि मुख्यगरि फेब्रुअरी÷मार्च, जुन÷जुलाई र अक्टोवर÷नोभेम्वर इन्टेक रहेका छन । अहिले २०२४ मा १२ कक्षा पास गरेर बसिरहेका विद्यार्थीहरूले अब आवेदन दिदा २०२५ को जुन÷जुलाई इन्टेकको लागि हुनेगरी आवेदन दिनु पर्दछ भने ब्याचलर र मास्टर्स पास आउटहरूलाई ग्यापको लागि काम गरेको अनुभवको प्रमाणपत्र समावेश गर्दा खासै समस्या पार्दैन ।

नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियामा अध्ययनको लागि कति खर्च लाग्छ ?
अस्ट्रेलियाको शैक्षिक संस्था अनुसार शैक्षिक शुल्क फरक फरक रहेको छ । सामान्यतय अध्ययनको लागि विद्यार्थीले न्यूनतम २० लाखदेखि अधिकतम ४० लाख सम्म नेपाली रुपैयाँ खर्च हुने गरेको पाइन्छ ।

विद्यार्थीले डिपेन्डेन्ट सहित भिषा आवेदन दिन पाइन्छ कि पाइदैन ?
अहिले आफु पढ्नका लागि अस्ट्रेलिया जानेहरूले डिपेन्डेन्टमा पनि लान पाउँछन् । त्यसो त अस्ट्रेलियामा गएर मास्टर्स पढ्न चाहानेहरूले डिपेन्डेन्टमा लान पाउने अवस्था रहेको छ । मास्टर्स वा सो भन्दा माथिको तहमा पढ्न चाहाने विद्यार्थीहरूले भने प्रक्रिया पुरा गरेर डिपेन्डेन्ट संगै आवेदन दिदा उक्त व्यक्तिको पनि शैक्षिक योग्यता आवेदक सरह हुदा भिषाको प्रक्रिया सहज हुने गर्दछ । मास्टर्सभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीहरूले अस्ट्रेलिया गएर एक सेमेस्टर अध्ययन गरेपछि नेपालको कानुनी प्रक्रिया पुरागरी भिषा आवेदन दिन सक्नेछन ।


विद्यार्थीहरुले अध्ययन गर्दै काम गर्नको लागि अस्ट्रेलियामा के कस्तो सुविधा रहेको छ ?
विद्यार्थीहरूलाई अस्ट्रेलियाले पढ्दै काम गर्नको लागि राम्रो सुविधा दिएको छ । प्रत्येक हप्तामा २४ घण्टा काम गर्न पाउने अवस्था रहेको छ । केही नियम फरक रहेपनि विद्यार्थीहरूले आफ्नो समय मिलाएर काम गरिरहेका छन भने सेमेस्टर विदाको दिन विद्यार्थीहरूलाई पुरा समय काम गर्न अस्ट्रेलियन सरकारले छुट दिदै आइरहेको छ ।

विद्यार्थीहरु अस्ट्रेलियामा बिरामी परेमा के कस्तो सुविधा पाउँदछन ?
भिषा आवेदन दिदानै ओएसएचसी (इन्स्योरेन्स) गरेको हुन्छ । इन्स्योरेन्सका माध्ययबाट र्नै विद्यार्थीलाई सरकाले उपचार सेवा सुविधा उपलव्ध गराउर्दै आएको छ ।

अस्ट्रेलिया बस्नका लागि (पिआर) को प्रक्रिया कस्तो छ ?
विद्यार्थीहरुले आफ्नो विषयगत क्षेत्रमा करिव तीन वर्षको ब्याचलर पुरा गरि सकेपछि आफ्नो विषय अनुसारको काम पायो भने पि आरको बाटो खुल्दछ । आफ्नो विषय अनुसारको काम पाइएन भने अस्ट्रेलियाको पिआरको लागि आवेदन दिएर भिषा पाउन निकै गाह्रो छ ।

विद्यार्थीले भिषा प्राप्त नगरेको अवस्थामा तिरेको शैक्षिक शुल्क फिर्ता प्रक्रिया के छ ?
भिषा सबैको नै लाग्छ भन्ने हुदैन । यदि केही गरेर भिषा लागेन भने, अस्ट्रेलियाको शैक्षिक संस्थाहरुको आफ्नो पोलिसी अनुसार सामान्य रकम काटेर बाकी पैसा बैंक खाता मार्फत प्राय महिना दिनभित्र फिर्ता गरिदिने गरेको छ ।

हालको विद्यार्थी भिषाको अवस्था कस्तो छ ?
जुनसुकै अवस्थामा पनि नेपाली विद्यार्थीहरूका लागि अस्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुदै गईरहेको छ ।
अहिलेको अवस्थामा विद्यार्थीहरूका लागि आर्थिक रूपमा बलियो स्पोन्सर आवस्यकता पर्दछ । बलियो स्पोन्सर बनाउनको लागि एक वर्ष अगाडी देखि आवस्यक आम्दानीको श्रोत संगै बैंक अकाउन्ट्को व्यवस्थापन तथा कर तिरेको प्रमाणपत्रहरु सुरक्षीत गर्दै जानु पर्दछ र कन्सल्टेन्सीका परामर्श दाताहरूसँग राम्रोसंग परामर्श लिएर तयारी गर्नु उपयुक्त हुन्छ किनभने, समय समयमा अस्ट्रेलियाको सरकारको नियमहरू परिवर्तन भईरहेको हुन्छ ।


अस्ट्रेलियाको लागि विद्यार्थी भिषा आवेदन शुल्क कति तिर्नु पर्दछ ?
विद्याथीहरुले अस्ट्रेलियाको लागि भिषा आवेदन दिदा तिर्नु पर्ने शुल्क पछिल्लो पटक ७१० अस्ट्रेलियन डलरबाट हाल बढाएर १६०० अस्ट्रेलियन डलर निर्धारण गरेको छ ।

अस्ट्रेलिया लगायत अन्य देशहरुमा अध्ययनमा जानको लागि यूटीसी नै किन रोज्नु पर्ने ?
हामीले विद्यार्थीहरुको भिषा प्रक्रियालाई सहज र छिटो छरीतो ढंगबाट सहजीकरण गर्दै भिषा प्राप्त गरी सकेपछि विद्यार्थीहरुलाई सम्वन्धीत देशको कलेजहरुमा अध्ययनको लागि सहजीकरण गर्दै विद्यार्थीहरुलाई बसोबास र रोजगारीको लागि उचित सहयोगीको भुमीका र परामर्श दिदै आइ रहेका छौं । त्यसैले उच्च शिक्षाको राम्रो गन्तव्यमा जानको लागि यूनिभर्सल थट कन्सल्टनै विद्यार्थीहरुको पहिलो रोजाइ बन्दै गइ रहेको छ । साथै अस्ट्रेलिया लगायत अन्य देशहरुमा पनि विद्यार्थीहरु अध्ययनको लागि जान इच्छुक रहेका छन । हामीले यहाँबाट अन्य देशहरु जस्तै, यूके अमेरीका, क्यानडा, दुवई, माल्टा लगायत केही यूरोपियन देशहरुमा अध्ययनको लागि काठमाडौंको बानेश्वर, पुतलीसडक उपत्यका बाहिर चितवन, पोखरा र बुटवलमा रहेको कार्यालयहरुवाट सेवा पु¥याउदै आइरहेका छौ भने अन्य विभिन्न देशहरु भारतको केरला र पुर्णे , पाकिस्तानको स्लामवाद र अन्तराष्ट्रिय मुख्य कार्यालयको रुपमा अस्ट्रेलियाको सिड्निबाट सेवा सन्चालन गरी सहयोग गर्दै आइरहेका र्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय