Thursday 20 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौँ, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।
यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय