काठमाडौं, राष्ट्रिय फोटो पत्रकार समुह नेपालले तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा फोटो यात्रा अभियान सुरु संगै भ्रमण गरेका थियौं ।
शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा फोटो पत्रकारहरुले तस्बिर र भिडियोको माध्यमबाट बन्दीपुरको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने उदेश्यका साथ बन्दीपुर भ्रमण वर्ष २०२५को सहयोगको लागि एनएफपिजे नेपाल कास्की र तनहुँ शाखाको संयुक्त आयोजनामा काठमाडौंवाट ८ जना तनहुँवाट १० जना र पोखरावाट १० जना गरि २८ जना फोटोपत्रकारहरको टोली उक्त कार्यक्रममा सहभागी भएको थियौं ।
फोटोपत्रकारहरुलाई वन्दिपुर होमस्टेका आमा समूहले न्यानो स्वाग गर्दै एक दिनको लागि खाना वस्नको लागि सहयोग गर्नु भएको थियो । भने वन्दिपुर जानको लागि वन्दिपुर केवलकारको सहयोग पनि रहेको थियो ।

फोटोपत्रकारको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने हेतुले सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई कैद गर्दैै रमाउदै फोटो खिच्ने क्रममा बन्दिपुरमा रहेको विभिन्न धार्मिक स्थलहरु खड्ग देवि मन्दिर,थानिमाइ मन्दिर , भियतनामि सैलीको गुम्वा , मणि मुकुन्देश्वरी पदमार्ग,शिद्ध गुफा ,टुडीखेल, वन्दिपुर केवलकार लगायतका विभिन्न स्थानको अवलोक तथा फोटो कैद गरेका थियौं ।
उक्त भ्रमणको अवसरमा आयोजित कार्यक्रममा बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले फोटो पत्रकार समुहको अभियानले भ्रमण वर्षको सफलतामा थप ऊर्जा थप्ने विश्वास भनाइ सहित स्वागत गर्नु भएको थियो भने त्यसै गरि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सञ्चार माध्यममा फोटो तथा भिडियोको प्रकाशन र प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भन्दै यस अभियानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।









