Tuesday 30 September 2025 / बुधबार, १५ आश्विन २०८२

तनहुँ, विगतका वर्षहरूमा दसैंतिहारका अवसरमा दैनिक एक हजारभन्दा बढी पर्यटकले गुलजार बन्ने बन्दीपुर यस वर्ष सुनसान बनेको छ। गत भदौ २३–२४ गतेको आन्दोलनपछि पर्यटकको आगमन अचानक घट्दा पर्यटन व्यवसायीहरू अन्योलमा परेका छन्।

बन्दीपुर भ्रमण वर्ष २०२५ अभियान अन्तर्गत होटल र होमस्टेहरू शतप्रतिशत भरिने आशा गरिएको थियो। तर, बुकिङहरू रद्द हुन थालेपछि पर्यटन व्यवसायी वैशबहादुर गुरुङ भन्छन्, “कोभिडपश्चात् उठ्दै गरेको पर्यटन फेरि धक्का खाएको महसुस भइरहेको छ।”बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित रहेको सन्देशसहित पर्यटकलाई आमन्त्रण गर्ने तयारी भइरहेको जनाए। उनका अनुसार, आन्दोलनअघि दैनिक एक हजारभन्दा बढी पर्यटक आउनेमा अहिले मुश्किलले १०० मात्र आइरहेका छन्।

विसं २०८१ मा दुई लाखभन्दा बढी पर्यटक भित्र्याएको बन्दीपुरले यस वर्ष त्यसको दोब्बर लक्ष्य लिएको थियो। जापान, चीन, इटाली, अमेरिका, भारतसहित २५ भन्दा बढी मुलुकका पर्यटक यहाँ आउने गरेका छन्।

प्रमुख आकर्षण स्थलहरू

खड्गदेवी, महालक्ष्मी, थानीमाई मन्दिर

सिद्धगुफा, मणिमुकुन्दसेन पैदलमार्ग (मिनी ग्रेटवाल)

टुँडिखेल, रानीवन, तीनधारा, पदम पुस्तकालय

भक्तपुरे शैलीका पुराना घरहरू, झरना र पानीको फोहरा

अध्यक्ष थापाका अनुसार आगामी विश्व पर्यटन दिवसमा विशेष स्वागत कार्यक्रम राखेर बन्दीपुर सुरक्षित र आकर्षक गन्तव्य भएको सन्देश दिन पहल गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय