Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

ललितपुर, भक्तपुरको बालकोट–२ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्। उहाँहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी एकता अभियानमा सहभागी हुनुभएको हो।

प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डि. के. रोसन तथा एमाले सूर्यविनायकका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत रहनुभएको छ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गर्नुभयो।

सो अवसरमा पार्टीमा सहभागी हुनुभएका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय