Thursday 3 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

धनगढी, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेशक सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।
एमालेको स्थायी कमिटी बैठकले सोमवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो । तर बुधबार प्रदेश संसदीय दलको बैठकले भने केन्द्रको निर्देशन कार्यन्वयन नगरी माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय