Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुन: प्रहरी महानिरिक्षक दानबहादुर कार्कीबिरूद्द खनिएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने भन्दै प्रहरी मुख्यालय निश्चित बिचौलियाको घेरामा रहेको पनि बताए ।

‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’
उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय