Sunday 15 November 2026 / आईतवार, ३० कार्तिक २०८३

गोरखा, लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज व्रतालुले विभिन्न जलाशय तथा घाटमा पुगेर सूर्यदेव र छठी देवीको पूजा आराधना गर्नेछन्।

शनिबार खरना विधि सम्पन्न गरेका व्रतालु निराहार व्रतमा छन्। आज साँझ ठेकुवा, भुसुवा, नरिवल, केरा तथा अन्य फलफूलसहित अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिनेछ।

रातभर जलाशय किनारमा जाग्राम बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने परम्परा छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व विधिवत् सम्पन्न हुनेछ।
छठ पर्वमा सूर्य र छठी देवीको आराधना गर्दा सुख, समृद्धि, सन्तान सुख तथा आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय