काठमाडौं, भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा मोदीले बालेनलाई स्वागत गरेका हुन् । मोदीले औपचारिक रूपमा स्वागत गरेसँगै प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेकाे थियाे ।

माेदीकाे निमन्त्रणामा बालेन दुई दिने भारत भ्रमणमा गएका हुन् । यसपछि प्रधानमन्त्री बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँष् शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।


