काठमाडौं, काभ्रेमा तेमाल गाउँमा जन्मिएकी मोडल तथा टिभि कार्यक्रम प्रस्तोता कविता श्रेष्ठ यति वेला लकडाउनका कारण मोडलिङलाई थाती राखेर सगरमाथा टेलिभिजनमा प्लेस्टोर लाइभ कार्यक्रम चलाउन नै व्यस्त देखिन्छिन ।
क्यास्पीयन इन्टरनेशनल कलेजमा स्नाकोत्तरमा अध्ययन गरीरहेकी उनी हाल काठमाडौंमा रहेर मोडलिङ तथा म्यूजिक भिडियोहरुमा पनि व्यस्त रहदै आएकी छिन ।
मोडलिङ्मा राम्रो गर्ने सोच वोकेर काठमाडौं प्रवेश गरकी कविताले आधादर्जन भन्दा वढी नेपाली गितमा म्यूजिक भिडियोहरु खेली सकेकी छीन भने विभिन्न मोडलिङ ¥याम्पमा पनि आफुलाई अव्वल सावित गराई सकेकी छिन साथै विभिन्न विषयमा तालिमहरु लिएर आफुलाई एउटा सफल कलाकार साथै कार्यक्रम प्रस्तोताको रुपमा चिनाउन चाहान्छीन ।






फोटोग्राफी : सम्भू राजवंसी / एसनेपाली डटकम


