Wednesday 11 November 2026 / बुधबार, २६ कार्तिक २०८३

नेपाली मोडलिङ प्रतिभाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति थप सशक्त बनाउने क्रममा फेस अफ नेपालका चार विजेता एसिया मोडल फेस्टिभल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया प्रस्थान गरेका छन्। फेस अफ नेपाल २०२६ का विजेता जियोन तामाङ र सुमन श्रेष्ठ तथा फेस अफ नेपाल २०२५ का विजेता योगेश शर्मा र सदिक्षा श्रेष्ठ नोभेम्बर १० मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि प्रस्थान गरेका हुन्। लगातार दुई संस्करणका विजेताहरूलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउनुले नेपाली मोडलिङ क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने फेस अफ नेपालको निरन्तर प्रयासलाई प्रतिबिम्बित गरेको छ। उनीहरूले एसियाका विभिन्न देशका मोडलहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो प्रतिभा, प्रस्तुति क्षमता र व्यावसायिक दक्षता प्रदर्शन गर्नेछन्।

दक्षिण कोरिया जाने टोलीमा फेस अफ नेपाल २०२६ का विजेता जियोन तामाङ र सुमन श्रेष्ठ तथा फेस अफ नेपाल २०२५ का विजेता योगेश शर्मा र सदिक्षा श्रेष्ठ रहेका छन्। लगातार दुई संस्करणका विजेताहरू एउटै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन लाग्नुले फेस अफ नेपालमार्फत नेपाली मोडलहरूका लागि सिर्जना हुँदै आएका अन्तर्राष्ट्रिय अवसरलाई समेत उजागर गरेको छ। एमएस प्रोडक्सन नेपालद्वारा आयोजित फेस अफ नेपाल २०२६ को अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ६ मा ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौंमा सम्पन्न भएको थियो।

त्यसैगरी, फेस अफ नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धा जुलाई २० मा काठमाडौंस्थित हायात रिजेन्सीमा आयोजना भएको थियो, जहाँबाट योगेश शर्मा र सदिक्षा श्रेष्ठसहित चार विजेता चयन भएका थिए। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि चारै जना मोडलले फेसन कोरियोग्राफर दिक्पाल कार्कीको मार्गदर्शनमा विशेष प्रशिक्षण तथा तयारी गरेका छन्। उनीहरूलाई ¥याम्प प्रस्तुति, शारीरिक हाउभाउ, आत्मविश्वास, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रका व्यावसायिक मापदण्डअनुरूप प्रशिक्षण प्रदान गरिएको छ।
एसिया मोडल फेस्टिभलको २१औँ संस्करण दक्षिण कोरियाको हाई वान रिसोर्टमा आयोजना हुँदैछ। नोभेम्बर ९ देखि १७ सम्म मोडल क्याम्प सञ्चालन हुनेछ भने नोभेम्बर १८ देखि २२ सम्म मुख्य कार्यक्रमहरू आयोजना गरिनेछन्। यसअन्तर्गत ¥याम्प प्रस्तुति, फेस अफ एसिया प्रतियोगिता, एसिया ओपन कलेक्सन, एसिया मोडल अवार्ड्स तथा सांस्कृतिक आदानप्रदानलगायतका गतिविधि समावेश छन्।
एसिया मोडल फेस्टिभल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न लागेका जियोन तामाङ, सुमन श्रेष्ठ, योगेश शर्मा र सदिक्षा श्रेष्ठलाई सफलताको शुभकामना!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय