Monday 7 September 2026 / सोमबार, २२ भाद्र २०८३

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

एमाले विभाजन गरेर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालले सोमवार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

एमालेका मध्यमार्गी नेताहरुले बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी पार्टीलाई जेठ २ मा फर्काउन सहमत गराएका बेला नेता नेपालले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । भेटमा के कुरा भयो भन्ने खुलेको छैन ।

पछिल्लो पटक वैशाख २३ गते राष्ट्रपति भेटेका नेपाल त्यसयता पार्टी विवादमा शीतल निवास गएका थिएनन् । केही दिनअघि नेता भीम रावलले राष्ट्रपतिलाई भेटेर एमाले विभाजन रोक्न हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

नेता नेपाललाई निर्वाचन आयोगले पर्सी बुधवार नयाँ दल दर्ता प्रयोजनमा सनाखतका लागि बोलाएको छ । त्यसअघि नै मध्यमार्गी नेता विभाजन हुन नदिन सक्रिय भएका छन् ।

अध्यक्ष ओलीले जेठ २ मा फर्किने सहमति अनुमोदन गर्न भोलि स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय