जनकपुरधाम, बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२५ पोका रगत सङ्कलन गरिएको छ।
रक्तदान कार्यक्रममा २९ महिला र १९६ पुरुष गरी २२५ जनाले रक्तदान गरेका थिए। आयोजकका अनुसार मधेश प्रदेशमा एउटै रक्तदान कार्यक्रममा यति ठूलो परिमाणमा रगत सङ्कलन भएको यो अहिलेसम्मकै उच्च हो।
रक्तदानमा स्थानीयवासीसँगै व्यवसायी, युवा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।



