Saturday 1 August 2026 / शनिबार, १६ श्रावण २०८३

पोखरा, बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् ।

अनुगमन समिति प्रमुखसमेत रहेका उप-प्रमुख खड्का, बागलुङ नगरपालिका-४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव- इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर भएको हो । तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेललाई पनि नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारि गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान ऐन तथा भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय