Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, माघ ७ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तराष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै प्रणली कार्यान्वयनका लागी दक्ष जनशक्तिको व्यवस्था र अनुगमन प्रणालीमा विशेष ध्यान जान अवश्यक रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपंछि विकासमन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउँदै सबै निकायमा पूर्ण रुपमा लागू गरिने बताउनुभयो ।

सरकारी र निजी क्षेत्र रहने प्रणली तीनवटा विभागबाट सुरु गरि चरणवद्ध रुपमा अन्य क्षेत्रमा समेत विस्तार गरिने भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र यस अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुने भएकाले लाइसेन्स वा अन्य अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु नपर्ने हुन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय