Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं, नेकपा प्रचण्ड-माधव नेपाल समुहको पुर्वनिर्धारित आन्दोलन आज माघ ९ गते काठमाडौँमा हुने भनिएको थियो । विभिन्न जिल्लाबाट काठमाडौँमा १ लाख मान्छे उतार्ने प्रचण्ड(माधव समुहका नेताहरुको लक्ष्य रहेको छ ।

आज सशक्त रुपमा काठमाडौंमा प्रतिगमनको विरुद्ध राजधानीमा शक्ति प्रर्दशन गर्नको लागि काठमाडौं आसपासका जिल्लाहरुवाट कार्यकर्ताहरु काठमाडौँ भित्रीयाएकोले पनि गेष्टहाउसहरु भरिभराउ देखिन्छन । बिहनैदेखी काठमाडौँको सडकहरुमा बाहिरी मान्छेहरुको भिडभाड देखिएको छ । त्यसैअनुसार आज काठमाडौँको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

अनेरास्ववियुले ५ गते आयोजना गरेको उपत्यका भेला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यसपटकको आन्दोलन अलिक कडा शैलीमा गर्न भनेर आदेश नै दिएका थिए । आजको वृहत सभामा नेकपाका ठुला नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय