Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौँ, ७ भदौ
सरकारले चालु आर्थिक वर्षदेखि देशभित्रै सुरक्षित मुद्रण कार्य आरम्भ गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसै आर्थिक वर्षदेखि सुरक्षण मुद्रण स्थापना गरी सुरक्षण सामग्री छपाइ गरिने जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धिहरुको पुस्तिका सार्वजनिक गर्दै सञ्चारमन्त्री कार्कीले राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टीकरलगायतका सुरक्षण कागजातहरु देशभित्रै मुद्रण गर्न सुरक्षण मुद्रण स्थापना गरिएको बताउनुभयो ।

उहाँले सुरक्षण मुद्रणका लागि आवश्यक यन्त्र, उपकरण तथा सफ्टवेयरसहितको सुरक्षण मुद्रण मेशिन खरिद गरी जडान गरिएको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री कार्कीले तोकिएको क्षेत्राधिकारभित्र रही जनआकाङ्क्षा अनुरूप सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्न मन्त्रालय सदैव सजक र प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय