Friday 19 June 2026 / शुक्रबार, ५ असार २०८३

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो । असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुचि हुने तथा खुलेर संवाद गर्न नसक्ने भएको पाठकको भनाइ छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएको र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण मल्मोनोलोजिस्ट तथा इन्टरनल मडिसिन विभागसँगको सल्लाहमा आइतबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय