Saturday 1 August 2026 / शनिबार, १६ श्रावण २०८३

६ मंसिर,
काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ सात हजार १४३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँ निकटतम् प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बन्नुभएको छ ।

निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उहाँले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताउनुभयो ।

लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरूको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै नेता सिंहले स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भन्नुभयो ।

आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्वच्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उहाँको भनाइ छ ।

उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो ।

अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय