काठमाडौं , प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । पूर्ववत् गीति भिडियोमा झैं यसपालि पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् । र, उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् ।
‘दमाई महाराज’मा प्रकाशले जातीय छुवाछूत र विभेदविरुद्धको विषयवस्तु उठाएका छन् । जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् ।


