Wednesday 6 December 2023 / बिहीबार, २१ मंसिर २०८०

मीनपचासको जाडो । नयाँ वर्ष । नयाँ सोच । नयाँ युग, अनि नयाँ काम

अंग्रेजी नयाँ वर्षको क्यालेन्डर फेरिएसँगै नवीन सोचका साथ हामी तपाईंहरुका माझ आएका छौँ । सन् २०२१ को पहिलो दिन आज । आजको दिन हामी नेपाली डिजिटल पत्रकारितामा नयाँ आयाम थप्न आएका छौँ । यो सानो यात्रा हो । यो यात्रालाई अझै नयाँ बनाउने हाम्रो प्रण छ ।

नयाँ जोश र उत्साहका साथ समाज र आमजीवनसँग प्रत्यक्ष/अप्रत्यक्ष सरोकार राख्ने सूचना, समाचार, विचार तथा जानकारी सन्तुलित र विश्वसनीय रुपमा पस्कने हाम्रो प्रयास रहनेछ । सही र तथ्यपूर्ण सूचना सम्प्रेषण गर्ने हेतुले आजको बदलिँदो आधुनिक परिवेशअनुरुप प्रविधिलाई हामीले अंगाल्ने प्रयास गरेका छौँ ।

प्रविधिमैत्री हुँदै हामी अनलाइन माध्यम हुँदै सूचना, संचार र समाचारको क्षेत्रमा एसनेपाली डटकमका रुपमा उपस्थित हुँदैछाैँ ।

हामी अरु भन्दा फरक वा विशेष हुने दौडमा नभई हामी आफ्नो छुट्टै पहिचान बनाउन सदैव तत्पर रहने छौँ । हाम्रो मनसाय र विश्वासका पवित्र छ । हामी तथ्यको साथमा सत्यको खोजी गर्नेछौँ ।

हाम्रा अगाडि चुनौतीहरु होलान् तर हामी अवसर सिर्जना गर्न लाग्नेछौँ । हाम्रा अगाडि अप्ठ्याराहरु होलान् तर हामी सम्भावनाका खोजीमा अघि बढ्नेछौँ । हाम्रा अगाडि समस्या होलान् तर हामी समाधानका मार्गहरु प्रशस्त गर्न दृढ रहनेछौँ ।

हाम्रो यात्रा गन्तव्य प्राप्तिका लागि नभई गन्तव्यतर्फको मार्ग प्रशस्त गर्नका लागि हो । हामी मात्र संख्याको रुपमा होइन, हामी हाम्रो उपस्थितिलाई जिम्मेवारीपूर्वक दर्शाउन प्रतिबद्ध छौँ । समाजका विभिन्न क्षेत्र र पक्षका आम जनजीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने सबै खालका घटना हाम्रो लागि सूचना र समाचारका आधारहरु हुनेछन् ।

गम्भीर र गहन विषयवस्तु मात्र नभएर मनोरञ्जनका विविध पक्षलाई पनि हामी हाम्रो विषयवस्तुमा समेट्ने छौं । समग्रमा हामी तपाईंलाई समाचार होइन हामी तपाईंको समाचार बनेर तपाईं सामू प्रस्तुत हुनेछाैँ ।

हामी यहाँहरुको साथ, शुभेच्छा, सल्लाह, सुझाव र मार्ग निर्देशनलाई सकरात्मक रुपमा ग्रहण गरी अझ परिमार्जित र परिष्कृत रुपमा प्रस्तुत हुन सदैव अग्रसरता देखाउनेछौँ । शुभ बिहानी देखि मध्यरातसम्म हाम्रो प्रयास रहनेछ, सन्तुलित र तथ्यसहितको समाचार दिन । हामीलाई साथ दिनुहाेस्, हामी तपाईंलाई तपाईंका कुरा पस्कनेछौँ । जुन तपाईंलाई अझै प्रिय लाग्नेछ । नयाँ यात्राको लागि हामी तपाईंसँगै छौँ । आउनुहोस् हातेमालो गरौँ ।

रोजिन शाक्य
सम्पादक
एसनेपाली डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय