काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् हुने यस निर्वाचनमा केन्द्र, प्रदेश र शाखाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
निर्वाचनका लागि बिहान विहान नौ बजेदेखि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । देशभरबाट १३ हजार एक सय ८० मतदाता रहेका छन् ।









